गृहपृष्ठ ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा प्रवाह गर्ने भएको छ । एम्बुलेन्समा अक्सिजन, एम्बुब्याग, आकस्मिक औषधीहरू, भेन्टिलेटर सहितको व्यवस्थापन गरिएको छ ।

यो सेवाका लागि महानगरले हाल पाँच एम्बुलेन्ससँगै चिकित्सक एवं स्वास्थ्यकर्मीसहित अत्यावश्यक मेडिसिन र उपकरणहरूको व्यवस्थापन गरेको छ । महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन भने “प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पु¥याउने गरि कार्य सञ्चालन प्रणालीको सुरुआत गरेका छौँ । सूचना पाएको १५ मिनेटभित्र टोली बिरामीकहाँ पुग्दछन् । सेवा प्रदान गर्दछन् । तत्काल अस्पताल लैजानु परेमा सहयोग समेत गर्दछन् । ”

प्रमुख महर्जनले सिटिनेटको सदस्यका रूपमा भ्रमणमा जाँदा फिलिपिन्सको माकाटीमा यस्तो किसिमको सेवा प्रवाह गरेको र त्यहाँ सफल भएको देखेपछि यहाँ पनि लागू गर्न प्रयास गरेको जानकारी दिए । “कार्यविधि निर्माण गरेर यो सेवा सुरुआत गरेका छौँ, पैसा भएर, जनशक्ति भएर मात्रै यो काम सम्भव भएको हैन, सिक्ने र व्यवहारमा उतार्ने प्रयासअन्तर्गत हामीले हरेक क्षेत्रमा नयाँ नयाँ काम गरिरहेका छौँ ।” महानगरप्रमुख महर्जनले भने ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सो कार्यको आज शुभारम्भ गर्दै स्वास्थ्य सेवामा ललितपुर महानगरको कार्य गौरवयोग्य रहेको बताएका छन् । उनले स्वास्थ्य क्षेत्रमा संसारका केही देशले मात्रै लागू गर्न सकेको सेवा ललितपुर महानगरले गर्न सक्नु अत्यन्तै खुसी र राष्ट्रिय गौरवको कुरा भएको बताएका हुन ।

“स्वास्थ्य क्षेत्रमा ललितपुर महानगरको यो उदाहरणीय काम संसारमा केही देशले मात्रै अवलम्बन गर्न सकेका छन्, यो सराहनीय नयाँ काम सुरु गरेकोमा बधाई भन्न चाहन्छु । नागरिकलाई कसरी सेवा दिन सकिन्छ भनेर सोच्दै गर्ने हरेक काममा सहजीकरण गर्नेछौँ ।” मन्त्री मेहताले भने । उनले एम्बुलेन्स सेवा केबल एउटा सामान्य सेवा हैन भन्दै त्यसमा पनि डाक्टर, मेडिकल उपकरणसहित सेवा दिनु अत्यन्तै महत्त्वपूर्ण र कठिन कार्य भएको धारणा राख् ।

प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले ललितपुर महानगरपालिकाले सुरु गरेको यो स्वास्थ्यसम्बन्धी सेवा देशभरिकै स्थानीय सरकारमध्ये अनुकरणीय र नयाँ कार्य भएको बताइन ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा नवीसमान सिंह प्रधानले यो कार्य सुरु हुनु सकारात्मक अत्यन्तै सराहनीय भएको धारणा राख्दै भेन्टिलेटर र चिकित्सक सहितको एम्बुलेन्स नयाँ कामले अस्पताल पूर्वको निःशुल्क सेवाले महानगरवासीलाई लाभान्वित गराउने बताए ।

प्रकाशित समय : १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु