गृहपृष्ठ धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

काभ्रेपलाञ्चोक । आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु भएको छ । अस्पतालले बिमाबापत आठ करोड प्राप्त गरेको छ ।

अस्पतालले बोर्डबाट सेवा प्रदान गरेबापत पाउनुपर्ने भुक्तानी  रोकिएपछि गत असार १५ गतेदेखि स्वास्थ्य–बिमा सेवा पूर्णतः स्थगित थियो ।

स्वास्थ्य बिमा बोर्डसँगको समन्वयमा बीमितका लागि बहिरङ्ग ९ओपीडी० सेवामार्फत बिमा सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । ओपिडीबाहेकका अन्य सेवा भने तत्काल बिमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले जनाएको हो ।

सेवा लिन आउने बिरामीले स्वास्थ्य–बिमा परिचयपत्र तथा अन्य आवश्यक कागजातसहित तोकिएको प्रक्रिया पूरा गर्नुपर्छ । बीमितले  अस्पताल आउनुअघि पायक पर्ने प्रथम सेवा विन्दुबाट आवश्यक प्रेषण लिनुपर्ने छ ।

स्वास्थ्य–बिमा सेवा आइतबार तथा सार्वजनिक बिदाका दिन सञ्चालन हुनेछैन ।

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु