गृहपृष्ठ नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज 

नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज 

नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज 
मकवानपुर । नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज ११ः००बजे बस्ने भएको छ ।
विश्वासको मत लिने वा राजीनामा दिने भन्ने निर्णयका लागि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने निर्णय हुने छ ।
“मुख्यमन्त्रीले राजीनामा दिने कि विश्वासको मत लिने भन्नेमा आज बस्ने संसदीय दलको बैठकबाट निर्णय लिइनेछ ।” प्रदेश सरकारका प्रवक्ता पनि रहनुभएका अर्थमन्त्री प्रभात तामाङले भने।
प्रदेश सरकारमा नेकपा ९एमाले० ले गत ६ साउनबाट समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि बानियाँ नेतृत्वको प्रदेश सरकार अल्पमतमा छ ।
नेपालको संविधानको धारा, १८८ को उपधारा (२) मा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभासमक्ष विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ ।
यस्तै, सोही धाराको उपधारा ९१० र ९२० अनुसार प्रस्ताव प्रदेशल सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसके मुख्यमन्त्री  पदमुक्त हुनेछन ।
त्यसपछि संविधानको धारा, १६८ को उपधारा ९२० बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
बागमती प्रदेशसभामा ११० जना सांसद रहेकामा ६ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न राजिनामा दिएकाले अहिले १०४ जना सदस्य हुनुहुन्छ ।  विश्वासको मतका लागि  ५३ जना सांसदको समर्थन आवश्यक पर्दछ ।
बागमतीमा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेको ३६, नेकपा एमालेको उपभासमुखसहित २५, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० को २६, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का १२, नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद हुनुहुन्छ ।

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु