काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण

1.32K
shares

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा दाताको सहयोग जुटाएर आँखा उपचार केन्द्रको भवन निर्माण थालिएको छ ।

नेपाल नेत्रज्योति संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आँखा उपचार केन्द्रको भवन निर्माण सुरुआत गरेको हो ।  एक करोड तीन लाखको लागतमा तीन तले भवन निर्माण गर्न लागिएको संघका अध्यक्ष अमर बानियाँले जानकारी दिए । “संस्थाका पदाधिकारी र सदस्यहरुबाट जुटाएको  १० लाख बजेटबाट जग खन्ने र कुनातर्फ पर्खाल बनाउन थालेका छौ,” उनले भने “थप पूर्वाधार बनाउन दाताहरुलाई सहयोगको अपिल गरेका छौ ।”

मालिका–६ दिच्यामका मुक्ति रोका र उहाँकी पत्नी याममायाले  दुई करोड ५० लाख मूल्य बराबरको सात आना, एक पैसा, तीन दाम क्षेत्रफल भएको जग्गा उपलब्ध गराएको छ । रोका सामाजिक व्यक्तित्व थिए ।

दुई तलामा कार्यालय र सहयोगी कक्ष रहने भवनको पहिलो तलामा उपचार तथा औषधि भण्डारण र दोस्रोमा शल्यक्रिया कक्षा बनाइने सभापति बानियाँले जानकारी दिए । संघले हाल बेनीमा भाडाको घरमा सञ्चालन गरेको आँखा उपचार कक्षको भवनबाट म्याग्दीका साथै पर्वत, मुस्ताङ र बागलुङका बासिन्दाले सेवा लिने गरेका छन् ।

भवन सम्पन्न भएपछि आँखाको शल्यक्रिया सम्बन्धी सेवा बेनीमै उपलब्ध गराउने र पोखरा जानुपर्ने समस्या हटाउने उद्देश्य राखिएको सभापति बानियाँले बताए ।