गृहपृष्ठ राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी
राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी
काठमाडौं । देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र दुर्शिक्षा एजुकेशन नेटवर्क प्रालि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
यस रणनीतिक साझेदारी अन्तर्गत क्यान महासंघ राष्ट्रिय विद्यालय इनोभेसन लिगको आधिकारिक रणनीतिक साझेदार बनेको छ भने दुर्शिक्षा क्यान महासंघको आधिकारिक रोबोटिक्स शिक्षा साझेदार घोषित भएको छ।
एनसिएलको विस्तार अर्थात कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूका लागि आयोजित प्रतिष्ठित रोबोटिक्स र इनोभेसन प्रतियोगितालाई नेपालका सातै प्रदेशमा विस्तार गरी काठमाडौंमा राष्ट्रिय ग्रान्ड फिनाले आयोजना गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, विद्यार्थी र शिक्षकहरूको क्षमता विकास गरिने उल्लेख छ । उक्त समझदारी अन्तर्गत शिक्षक तालिम कार्यक्रमहरू, विद्यार्थी बुटक्याम्पहरू सञ्चालन गरिनेछ र नेपाली विद्यालयका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्रविधि प्रतियोगिताहरूमा सहभागिता जनाउने अवसर सिर्जना गरिनेछ।
साझेदारीले सामुदायिक तथा सरकारी विद्यालयहरूलाई विशेष प्राथमिकता दिँदै आरक्षित सहभागिता कोटा, प्रायोजित किट र तालिमको व्यवस्था गर्नेछ।
क्यान महासंघको प्रादेशिक तथा जिल्ला शाखाहरूको सञ्जालमार्फत विद्यालय तहका आविष्कारहरूलाई व्यावसायिक मार्गदर्शन, निर्णायक मण्डल, इन्टर्नशिप र क्यान इन्फोटेकजस्ता ठूला प्रविधि प्रदर्शनीहरूसँग जोडिनेछ।
साझेदारीको दीर्घकालीन दृष्टिकोण स्पष्ट पार्दै क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले बताए ।
त्यस्तै, यस मञ्चको मुख्य उद्देश्यमा प्रकाश पार्दै दुर्शिक्षा एजुकेशन नेटवर्कका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डेयले भने,‘राष्ट्रिय विद्यालय इनोभेसन लिगका प्राथमिक उद्देश्यहरू प्रयोगात्मक प्रविधि सिकाइलाई प्रवद्र्धन गर्ने, सिद्धान्त र व्यावहारिक प्रयोगबीचको दूरी कम गर्ने, र युवा विद्यार्थीहरूलाई वास्तविक विश्वका सामुदायिक चुनौतीहरू तथा दिगो विकास लक्ष्यहरूका लागि प्रविधि(संचालित समाधानहरू सिर्जना गर्न प्रेरित गर्ने हुन्।’
काठमाडौंमा आयोजित यस कार्यक्रममा क्यान महासंघका महासचिव चन्द्र बिलाश भुर्तेल र दुर्शिक्षाका कार्यकारी निर्देशक महेश अर्यालको पनि उपस्थिति थियो ।
प्रकाशित समय : १८:५७ बजे
















