गृहपृष्ठ राष्ट्रियसभाः आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

राष्ट्रियसभाः आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

राष्ट्रियसभाः आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राखेको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो ।

प्रस्ताव पेस गर्दै मन्त्री पौडेलले प्राकृतिक वा अन्य प्राविधिक कारणले उडान ढिलाइ भएमा दायित्व सिर्जना नहुने व्यवस्था विधेयकमा रहेको बताए । उनले युरोपको आकाशमा नेपाली विमानलाई उडान सुरक्षाको सूचिमा राखेको अवस्थामा सो सम्बन्धमा फुकुवाका लागि काम भइरहेको जनाउँदै अबको छ महिनाभित्र कामको नतिजा देखिने बताए ।

यसअघि उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरू सोनाम गेल्जेन शेर्पा, गीता देवकोटा, प्रेमप्रसाद दङ्गाल, पदमबहादुर परियार, सम्झना देवकोटा, भुवनबहादुर सुनार, युवराज शर्मा, रुक्मिणी कोइराला, नारायणदत्त मिश्रले आ(आफ्ना धारणा राखेका थिए । राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ १ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु