गृहपृष्ठ चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
CORRECTION / (FILES) Chinese Premier Zhu Rongji delivers his final work report at the opening session of the National People's Congress (NPC), in the Great Hall of the People in Beijing on March 5, 2003. Former Chinese premier Zhu Rongji, whose market reforms helped drive China's extraordinary economic rise, has died from illness at the age of 97, state media reported August 12, 2026. (Photo by GOH Chai Hin / AFP) / The erroneous mention[s] appearing in the metadata of this photo by Goh Chai Hin has been modified in AFP systems in the following manner: [dead at 97] instead of [dead at 98 ]. Please immediately remove the erroneous mention[s] from all your online services and delete it (them) from your servers. If you have been authorized by AFP to distribute it (them) to third parties, please ensure that the same actions are carried out by them. Failure to promptly comply with these instructions will entail liability on your part for any continued or post notification usage. Therefore we thank you very much for all your attention and prompt action. We are sorry for the inconvenience this notification may cause and remain at your disposal for any further information you may require.
चीनलाई विश्व अर्थतन्त्रसँग थप गहिरो रूपमा जोड्दै तीव्र आर्थिक वृद्धिको आधार तयार पार्ने महत्त्वपूर्ण बजार सुधारका प्रमुख योजनाकार तथा पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षको उमेरमा निधन भएको छ । उनको निधनसँगै चीनको आर्थिक रूपान्तरणको एक महत्त्वपूर्ण अध्यायको अन्त्य भएको छ ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार रोगबाट पीडित उनको उपचारका क्रममा बुधबार बिहान बेइजिङमा निधन भएको हो । चीनका शीर्ष राजनीतिक निकायले संयुक्त रूपमा जारी गरेको शोक सन्देशमा उनको जीवनलाई क्रान्ति, सङ्घर्ष र गौरवसँग जोडिएको जीवनका रूपमा चित्रण गरिएको छ ।
शोक सन्देशमा उनले जनताको सेवामा आफ्नो जीवन पूर्ण रूपमा समर्पित गर्नुभएको र कम्युनिस्ट उद्देश्यका लागि योगदान दिएको उल्लेख छ । उनको निधनलाई पार्टी र देशका लागि ठूलो क्षतिका रूपमा वर्णन गरिएको छ ।
झु सन् १९९८ मा चीनको प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीका रूपमा उनले कडा निर्णय लिन सक्ने र बजारमुखी आर्थिक सुधारप्रति दृढ नेताका रूपमा आफ्नो पहिचान बनाएको थिए । उनको कार्यकालमा चीनले राज्यनियन्त्रित अर्थव्यवस्थाबाट बजारमुखी आर्थिक प्रणालीतर्फ तीव्र गतिमा अघि बढ्ने महत्त्वपूर्ण कदम चालेको थियो ।
उनका प्रमुख सुधारमध्ये लामो समयदेखि घाटामा रहेका राज्य स्वामित्वका उद्योगलाई निजीकरण गर्ने व्यापक कार्यक्रम, सहरी आवास प्रणालीमा सुधार तथा घरको स्वामित्वलाई प्रोत्साहन गर्ने नीति प्रमुख थिए । ती सुधारले चीनको आर्थिक संरचनामा ठूलो परिवर्तन ल्याउनुका साथै निजी क्षेत्र र उपभोक्तामुखी अर्थतन्त्रको विस्तारमा महत्त्वपूर्ण भूमिका खेले ।
झुको कार्यकालमा भएका सुधारले रियल स्टेट तथा निर्माण क्षेत्रमा तीव्र विस्तारको आधारसमेत तयार गरेको थियो । सन् २०२० मा गम्भीर ऋण सङ्कट देखिनुअघि चीनको अर्थतन्त्रको करिब एकचौथाइ हिस्सा यसै क्षेत्रसँग सम्बन्धित भइसकेको थियो । यद्यपि पछिल्ला वर्षमा यही क्षेत्र चीनको अर्थतन्त्रका लागि प्रमुख चुनौतीमध्ये एक बनेको छ ।
उनलाई सन् १९९७ मा देखिएको एसियाली वित्तीय सङ्कटको प्रभावबाट चीनलाई जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको श्रेय पनि दिइन्छ । त्यसबेला क्षेत्रका धेरै अर्थतन्त्र गम्भीर वित्तीय समस्यामा परेका थिए । चीनले भने आफ्नो मुद्रा तथा अर्थतन्त्रलाई तुलनात्मक रूपमा स्थिर राख्न सफल भएको थियो ।
झुको अर्को महत्त्वपूर्ण योगदान चीनलाई विश्व व्यापार सङ्गठन (डब्लुटिओ)को सदस्य बनाउने वार्तासँग जोडिएको छ । उनले सन् २००१ मा चीनको डब्लुटिओ प्रवेशका लागि भएको वार्तामा महत्त्वपूर्ण नेतृत्व गरेका थिए । चीनको विश्व व्यापार सङ्गठनमा प्रवेशलाई माओत्सेतुङको नेतृत्वमा लामो समयसम्म बाहिरी विश्वबाट अलग रहेको अर्थतन्त्रलाई विश्व बजारसँग जोड्ने ऐतिहासिक कदमका रूपमा लिइन्छ ।
उनका आर्थिक सुधारले लाखौँ चिनियाँ नागरिकलाई गरिबीबाट माथि उठाउन योगदान पुर्याए पनि त्यससँगै आय तथा सम्पत्तिको असमानता बढेको आलोचना पनि भयो । बजारमुखी सुधारको यही धारणा पछि चीनको राजनीतिक नेतृत्वमा क्रमशः कमजोर हुँदै गयो ।
सन् २०१२ मा सी जिनपिङ सत्तामा आएपछि चीनले अर्थतन्त्रमा राज्यको भूमिकालाई पुनः बलियो बनाउँदै थप सन्तुलित विकासमा जोड दिन थाल्यो । सी नेतृत्वले अनियन्त्रित पुँजी विस्तारको आलोचना गर्दै एकाधिकारवादी व्यवहार मानिएका ठूला निजी कम्पनी तथा अत्यधिक विस्तार भएको घरजग्गा क्षेत्रमाथि समेत कडाइ गरेको छ ।
झुको निधनपछि जारी शोक सन्देशमा उहाँलाई चिनियाँ कम्युनिष्ट पार्टीका उत्कृष्ट सदस्य, लामो समयदेखि परीक्षित र वफादार कम्युनिस्ट योद्धा तथा पार्टी र राज्यका उत्कृष्ट नेतामध्ये एकका रूपमा वर्णन गरिएको छ ।
शोक सन्देशमा झुको क्रान्तिकारी भावना, उच्च चरित्र र असल आचरणबाट सिक्दै वर्तमान नेतृत्वप्रति अझ नजिकबाट एकताबद्ध हुन आह्वान गरिएको छ । यसबाट उनिप्रति पार्टीको औपचारिक सम्मान र चीनको आर्थिक इतिहासमा उहाँको भूमिकालाई दिइएको महत्त्व स्पष्ट हुन्छ ।
झुको निधनको समाचार सार्वजनिक भएपछि चिनियाँ सामाजिक सञ्जाल वेइबोमा उहाँको नाम छिट्टै शीर्ष प्रवृत्तिमध्ये परेको थियो । समाचार सार्वजनिक भएको केही घण्टामै यससम्बन्धी सामग्री १९ करोडभन्दा बढी पटक हेरिएको थियो ।
वेइबोमा धेरै प्रयोगकर्ताले उहाँलाई चीनको आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान दिने प्रधानमन्त्रीका रूपमा सम्झिएका छन् । एक प्रयोगकर्ताले उहाँलाई ‘जनताको असल प्रधानमन्त्री’ भन्दै श्रद्धाञ्जलि दिएका थिए । उक्त टिप्पणीमा १७ हजारभन्दा बढी लाइक आएको थियो । अन्य प्रयोगकर्ताले पनि उहाँको सम्झनामा मैनबत्तीका इमोजी प्रयोग गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
झु रोङ्जीको राजनीतिक विरासत चीनको तीव्र आर्थिक रूपान्तरणसँग गहिरोसँग जोडिएको छ । उहाँले नेतृत्व गरेको बजार सुधारले चीनलाई विश्व अर्थतन्त्रको केन्द्रतर्फ अघि बढाउन महत्त्वपूर्ण आधार तयार पारेको थियो । उनका कतिपय नीतिले पछिल्ला वर्षमा नयाँ चुनौतीसमेत जन्माए पनि चीनलाई विश्व बजारसँग जोड्ने प्रक्रियामा उनको भूमिका ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिन्छ ।
प्रकाशित समय : १२:१८ बजे


















