काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

1.68K
shares

स्टेट अफ होर्मुजमा अमेरिकी नाकाबंदी तोड्ने प्रयास गर्ने कार्गो जहाजमा अमेरिकी हेलिकप्टरले मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ ।

युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समा अमेरिकी नौ –सेनाको एमएच–६० हेलिकप्टरले एम÷भि वेला नोभा कार्गो जहाजले अमेरिकी सेनाले बारम्बार जारी गरेको चेतावनीलाई बेवास्ता गरी अगाडडी बढ्ने प्रयास गरेपछि आक्रमण गरी अघि बढ्न नदिएको जनाएको छ ।

गत जुलाई –१४ मा इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी पुन ः स्र्थापित गरेपछि इरान विरुद्धको एक महिना लामो युद्धमा अमेरिकाले जबरजस्ती जहाज रोकेको यो तेस्रो पटक भएको जनाइएको छ ।

सेन्टकमले मङ्गलबारसम्म नाकाबंदीको बेवास्ता गरी अगाडी खोज्ने तथा यस बन्दरगाहामा सञ्चालीत अन्य जहाजलाई पुनः निर्देशित गरेको बताएको छ ।

सेन्टकमका अनुसार अमेरिकी सेनाले यसअघि अप्रिल –१३ देखि जुन –१८ सम्ममा इरानी बन्दरगाहहरू अवरुद्ध गरेको थियो, यस अवधिमा उनीहरूले नौवटा कार्गो जहाजहरू निश्क्रिय पार्नुका साथै १४० भन्दा बढी जहाज पुनः निर्देशित गरेको जनाइएको छ ।

इरानले युद्ध अघि तेल र ग्याँस ढुवानीका लागि प्रमुख मार्गको रुपमा रहेको स्टेट अफ होर्मुज पुनः खोल्नको लागि आफ्नो मुख्य सर्तको रूपमा संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहमा जारी नाकाबंदी समाप्त गनु पर्र्ने माग गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बारम्बार संयुक्त राज्य अमेरिकाले रणनीतिक जलमार्ग हार्मुज अमेरिकी कब्जा रहेको दावी गर्दै नाकाबन्दी जारी रहने अडान गरेका छन् ।