गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

काठमाडौँ ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २००ले घटेर तीन लाख एक हजार ५०० कायम भएको छ । हिजो आइतबार एक तोला सुन तीन लाख लाख एक हजार ७०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला २५ ले बढेर चार हजार ६७० पुगेको छ । हिजो एक तोला चाँदी चार हजार ६४५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।

प्रकाशित समय : ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु