गृहपृष्ठ तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्
तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्
दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थालेको छन् । उनले निरन्तर १८ वर्षदेखि दाङमा च्याउखेती गर्दै आएका कारण आजकाल स्थानीयले उनलाई च्याउ दिदीका उपनामले चिन्ने गरेकि हुन् ।
निरन्तर मेहनतका कारण च्याउ व्यवसायबाट तुलसा बुढामगरले तुलसीपुर उपमहानगरपालिका–६ मा सन्तोषजनक आम्दानी गरेको छिन्। उनले करोडौँ जाने आकर्षक निवाससमेत निर्माण गरिसकेकिा छिन्् ।
सामान्य लेखपढ गर्नुभएकी बुढा च्याउखेतीमै रम्न थालेकि छन् । उनले उद्योगमा दुई जनालाई रोजगारी दिनुका साथै खर्च कटाएर वार्षिक आठ लाख बचत गरकि छिन्् ।
सानो माटोको कच्ची घर भाडामा लिएर च्याउखेती सुरु गरेकी उनि दाङको महिला उद्यममीका रुपमा चिरपरिचित हुन । उनि भन्छन, “च्याउखेतीबाट आर्थिक रुपमा सक्षम हुनुका साथै आत्मनिर्भर बनेकी छु ।”
च्याउ बिक्रीबाट तुलसाले लाखाँै रुपैयाँ बचत गरी पक्की घर तथा सम्पती जोड्न सफल भएकोेछिन्। मगरले च्याउ, च्याउको अचार, सुकुटी विभिन्न मेला महोत्सवमा स्टल भाडामा लिएरसमेत बिक्री गरेकि छिन् ।
तुलसाले बजारमा ताजा च्याउ प्रतिकेजी २२०, सुकुटी ३०० देखि ३८० सम्म र अचार ५०० देखि ६०० मा बिक्री गरछन् । तीन लाँखबाट व्यवसाय सुरु भएको च्याउखेतीबाट एक करोड मूल्य बराबरको पक्की घर निर्माण गर्न सफल भएकी छन् तुलसा ।
निरन्तर च्याउ उत्पादनमा लागेकै कारण उनको मेहनतको कदर गर्दै साना तथा मझौला उद्योगले निःशुल्क च्याउ प्रशोधन मेसिन उपलब्ध गराएको छ ।
चितवनमा च्याउखेती देखेपछि आकर्षित भएकी तुलसा दुई सन्तानकी आमा हुन् । आमाको मेहनत र लगनशीलताले सन्तानलाई पनि मेहनत गर्ने आदत बसेको तुलसाले सुनाइन्।
गत वर्ष तुलसीपुर उपमहानगरपालिले उनलाई उत्कृष्ट महिला उद्यमी पुरस्कार पनि प्रदान गरेको थियो ।
च्याउ एक प्रकारको हरितकण नभएको ढुसी (फन्जाइ) हो । जुन ओसिलो र कुँहिएको वस्तुमा उम्रन्छ । नेपालमा कन्ये, गोब्रे र सीताकेजस्ता खानयोग्य च्याउको व्यावसायिक खेती गरिन्छ । तर, जङ्गली च्याउ खाँदा मानिसको मृत्युसमेत हुने गरेको छ ।
प्रकाशित समय : १६:५५ बजे


















