गृहपृष्ठ नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह
काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
धनुषाको नगराइन नगरपालिका–३ निवासी चार्टर्ड एकाउन्टेन्ट साहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेको छ ।
साह खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा चयन भएको हो । निगमको कार्यकारी निर्देशक नियुक्तिको सिफारिस गर्न गठित समितिले यही साउन १७ गते उक्त पदमा नियुक्तिका लागि साहसहित प्यूठानका कौशल केसी र सप्तरीका सञ्जिकुमार देवको नाम सिफारिस गरेको थियो ।
प्रकाशित समय : १४:०४ बजे

















