गृहपृष्ठ ट्याङ्करमा आगलागी

ट्याङ्करमा आगलागी

ट्याङ्करमा आगलागी

जनकपुरधाम। मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको गुजरा नगरपालिका–३ धनसारमा आगलागी भएको छ ।

आज बिहान पेट्रोल बोकेको उक्त ट्याङ्कर बाराको अमलेखगञ्जबाट पेट्रोल बोकेर सर्लाहीतर्फ आउँदा सडकमा मृगलाई जोगाउने क्रममा पल्टिँदा आगलागी भएको रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए ।

 

इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

घटनास्थलमा मानवीय क्षति भएको छैन् । ट्याङ्कर चालक नियन्त्रणमा छन् ।

 

प्रकाशित समय : १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु