global ime bank Long Banner Ad

गृहपृष्ठ गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरेको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेनामार्फत हवाई उद्धार गरेको हो ।

मन्त्रालयले यसका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७७ समेत जारी गरेको छ । कार्यविधिका अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी भन्नाले लगातार लामो प्रशव व्यथा (१८ घण्टाभन्दा बढी) लागि नवजात शिशु जन्मन कठिनाइ भएको, नवजात शिशुको हातखुट्टा वा शरीर पहिला निस्किएर शिशु जन्मन कठिनाइ भएको, शिशु जन्मेको ३० मिनेटसम्म सालनाल ननिस्केको, गर्भमा नै शिशुको निधन भएको, गर्भ अवस्थामा गर्भवतीको हातखुट्टा र शरीर सुन्निएको, गर्भवती अवस्थामा हुने एपिएच र प्रसूतिपश्चात्को अवस्थामा हुने पिपिएस अधिक रक्तश्राव भएको, पाठेघर फुटेको, पाठेघरभन्दा बाहिर शिशु बसेको आशङ्का भएकोलगायतका छन् ।

 

प्रकाशित समय : ०९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु