global ime bank Long Banner Ad

गृहपृष्ठ परराष्ट्रमन्त्री खनालसँग मोरक्कोका राजदूत मलिकीको भेट

परराष्ट्रमन्त्री खनालसँग मोरक्कोका राजदूत मलिकीको भेट

परराष्ट्रमन्त्री खनालसँग मोरक्कोका राजदूत मलिकीको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गर्ेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा पाँच दशकभन्दा लामो इतिहास बोकेको नेपाल र मोरक्कोबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

मोरक्कोका राजा मोहम्मद छैटौँको गद्दी आरोहणको २७औँ वार्षिकोत्सव तथा मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा मोरक्को राजदूतावास र काठमाडौँस्थित मोरक्कोको अवैतनिक वाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रमम सहभागी हुन राजदूत मलिकीले यहाँ आएको थिए ।

छलफलमा मोरक्कोबाट रासायनिक मल आपूर्तिको सम्भावनालगायत कृषि, नवीकरणीय ऊर्जा, पर्यटन, संस्कृति, यातायात तथा सम्पर्क सञ्जाल, तालिम तथा क्षमता अभिवृद्धिका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा कुराकानी भएको थियो ।

काठमाडौँमा नेपाल–मोरक्को द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक दुवै पक्षलाई अनुकूल हुने उपयुक्त मितिमा आयोजना गर्ने विषयमा छलफल भएको थियो । उक्त बैठकमार्फत दुई मुलुकबीचको द्विपक्षीय सहयोगका समग्र क्षेत्रको समीक्षा गर्नुका साथै सहयोगका नयाँ क्षेत्र पहिचान तथा प्रवर्द्धन गर्न सहज हुने विश्वास व्यक्त गरिएको थियो ।

नेपाल र मोरक्कोबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ । पछिल्ला वर्षमा दुई मुलुकबीच कृषि, पर्यटन, संस्कृति, नवीकरणीय ऊर्जा तथा क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्यका सम्भावना विस्तार हुँदै गएका छन् ।

 

प्रकाशित समय : १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु