गृहपृष्ठ सैन्य ‘कू’ पछि पहिलो पटक : चीको विदेशी प्रतिनिधिसँग भेट
सैन्य ‘कू’ पछि पहिलो पटक : चीको विदेशी प्रतिनिधिसँग भेट
म्यानमाकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुचीले सोमबार अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसीआरसी)का प्रतिनिधिसँग भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि सु ची र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “म्यानमास्थित आइसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले आज बिहान दाव आङ सान सु चीलाई भेट गने ।”
सेनाले सन् २०२१ फेब्रुअरीमा सु ची नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उनलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरेको थियो । उक्त घटनापछि म्यानमामा गृहयुद्ध चर्किएको छ ।
सैन्य सरकारले गराएको सीमित र नियन्त्रित निर्वाचनपछि अप्रिलमा सैन्य प्रमुख मिन आङ ह्लाइङलाई नागरिक राष्ट्रपति बनाइएको थियो । त्यसको केही समयपछि उनले सु चीको बाँकी सजाय घटाएर उहाँलाई घरमै नजरबन्दमा राख्ने निर्णय गरेको थियो ।
८१ वर्षीया सु चीमाथि लगाइएका विभिन्न आरोपलाई अधिकारवादी समूहले राजनीतिक उद्देश्यबाट प्रेरित र बनावटी भएको बताउँदै आएका छन् ।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेका तस्बिरमा सु चीले डे बाक जस्तै देखिने एक व्यक्तिसँग हात मिलाइरहेको देखिन्छ । अर्को तस्बिरमा उहाँले जन्मदिनको केक काटिरहेको देखाइएको छ भने एउटा केकमा ‘ह्याप्पी बर्थडे आन्टी सु’ लेखिएको देखिन्छ ।
एएफपीले ती तस्बिरको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । यद्यपि, कृत्रिम बुद्धिमत्ता ९एआई० उपकरणमार्फत गरिएको प्रारम्भिक परीक्षणमा तस्बिरहरूमा कृत्रिम हेरफेर गरिएको स्पष्ट प्रमाण नभेटिएको जनाइएको छ ।
प्रकाशित समय : १२:३७ बजे



















