global ime bank Long Banner Ad

गृहपृष्ठ वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन निर्माण

वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन निर्माण

वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन निर्माण

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–२६ स्थित इनर्वामा वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ ।

यहाँ आयोजित एक कार्यक्रमबिच शनिबार वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले दुवै भवनको उद्घाटन गरे । उनले नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनले सेवा प्रवाहमा सहज हुने बताए । आफू वडा नं २६ को जनता तथा वडा कार्यालयलाई सहयोग गर्न सधैँ तयार रहेको आलमले बताए ।

वीरगन्ज–२६ का वडाध्यक्ष शम्भु मिश्राले महानगरपालिकास्तरीय योजनाअन्तर्गत वडा कार्यालय भवन र प्रदेशको योजनाअन्तर्गत स्वास्थ्य चौकी भवन निर्माण भएको बताए । ती भवन रु एक करोड १० लाखको लागतमा निर्माण भएका हुन् । वडाध्यक्ष मिश्राले वडा कार्यालयसँगै निर्माण भएको स्वास्थ्य चौकी भवनले एउटै ठाउँबाट वडावासीले सेवा पाउन सहज हुने बताए ।

प्रकाशित समय : ०५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु