गृहपृष्ठ सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छन् । नेता श्रेष्ठको उपचारका क्रममा आज ७९ वर्षको उमेरमा निधन भएको हो ।
“नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उनको अविचलित भूमिका सधैँ प्रेरणादायी रहनेछ, “सभापति थापाले भने , “स्याङ्जाबाट सुरु भएका उनको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्याको योगदान अविस्मरणीय छ ।”
यसैबीच कांग्रेसका निवर्तमान सभापति एवं पूवं प्रधानमन्त्री शेरबहादुर देउवाले शोक सन्देशमार्फत स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन । नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले निभाउनुभएको अग्रणी भूमिका सधैँ स्मरणीय रहने पूर्वप्रधानमन्त्री देउवाले उल्लेख गरेको छन् ।
प्रकाशित समय : १६:५९ बजे



















