गृहपृष्ठ चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
चितवन । चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका छन् ।
पछिल्ला वर्षमा स्वास्थ्य संस्थाको पहुँच, निःशुल्क प्रसूति सेवा र चेतनास्तरमा भएको वृद्धिले सुढेनी ‘(परम्परागत सुत्केरी गराउने) को भरमा नपर्ने महिलाहरु नजिकको स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका हुन् ।
चितवनको भरतपुर जिल्ला अस्पतालबाट आर्थिक वर्ष २०८२/०८३ मा सात हजार ८५३ महिलाले प्रसूति सेवा लिएका छन् ।
अघिल्लो आर्थिक वर्ष आठ हजार ४२० जनाले सो सेवा लिएको अस्पतालका वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले राससलाई जानकारी दिए ।
विशेषज्ञसहितको प्रसूति सेवा दिन थालेपछि अस्पतालमा नवलपरासी, गोरखा, तनहँ र मकवानपुरबाट पनि आउने गरेका छन् ।
प्रकाशित समय : १३:२३ बजे


















