गृहपृष्ठ तुलसीपुरमा निर्माणाधीन पानी ट्याङ्कीमा मृत फेला परेका दुवैको पहिचान खुल्यो
तुलसीपुरमा निर्माणाधीन पानी ट्याङ्कीमा मृत फेला परेका दुवैको पहिचान खुल्यो
Oplus_131072
दाङ ।दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरकोल पानी ट्याङ्कीमा मृत फेला परेका दुई जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ दोघर निवासी कमल गिरी र सोही ठाउँका घनश्याम गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पराजुलीका अनुसार कमल ठेकेदार हुन्, भने घनश्याम मिस्त्री हुन् । उनीहरु दुवै जनाले यसरी घर ठेक्का लिएर काम गर्ने गर्थे । उनीहरु पानी ट्याङ्कीको सेट्रिङ निकाल्न गएको अवस्थामा निसासिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयले उनीहरु पानी ट्याङ्कीमा रहेको भन्ने थाहा पाएपछि बुधबार बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी सो स्थानमा पुगेको हो ।
राति उनीहरुको मोटरसाइकल त्यही स्थानमा बेवारिसे अवस्थामा थियो । त्यो मोटरसाइकल प्रहरीले बिहान मात्रै बरामद गरेको थियो । यद्यपि यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल उनीहरुलाई निकाल्ने काम भइरहेको छ । ट्याङ्की फोडेर निकाल्न लागिएको छ । निर्माण भइरहेको घर मनिराम चन्दको रहेको खुलेको छ । उनी तुलसीपुरका व्यवसायी हुन् ।
प्रकाशित समय : १८:३१ बजे



















