global ime bank Long Banner Ad

गृहपृष्ठ उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर । गत आर्थिक वर्ष ०८२र८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान मुद्दा फैसला गरेको छ ।

अदालतद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सात हजार १५७ मुद्दा दर्ता भएकामा अझै तीन हजार ५८ थान नियमित र १८ महिना नाघेका ८७ थान मुद्दा फैसला गर्न बाँकी रहेको जनाएको छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा धेरै मुद्दा मिसिल जलेका कारण मुद्दा फैसला गर्न ढिलाइ भएको जानकारी दिए ।

उच्च अदालत विराटनगरले फैसलाको विवरण, व्यवस्थापकीय सुधार र अन्य कार्यक्रमबारे जानकारी गराइएको थियो ।

चालु अवस्थामा रहेका मुद्दामध्ये ४७ मुद्दाका मिसिल प्राप्त गर्न नसकेको तथा करिब ७० हजार मुद्दाका अभिलेख जलेकोमा एक हजार छ सय मुद्दा पुनः मिसिल खडा गरिएको छ ।

प्रकाशित समय : १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु