global ime bank Long Banner Ad

गृहपृष्ठ परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उनको कार्यकक्षमा शिष्टाचार भेट गरेको छ ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उनले आजै भेट गरे । भेटमा नेपाल–भारतबीच जारी द्विपक्षीय सहयोगको प्रगतिबारे समीक्षा गर्दै प्राथमिकताका क्षेत्रहरूमा साझा कार्यसूचीलाई अगाडि बढाउने विषयमा विचारविमर्श भएको थियो ।

नेपाल–भारतबीचको दीर्घकालीन मित्रता र बहुआयामिक साझेदारीप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउने तथा उच्चस्तरीय सम्पर्क र संवादको निरन्तरतालाई कायम राख्ने उपायबारे पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु