गृहपृष्ठ कर्णाली प्रदेश अस्पतालका कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियतपूर्ण बैंकिङ सेवा
कर्णाली प्रदेश अस्पतालका कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सहुलियतपूर्ण बैंकिङ सेवा
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकारअन्तर्गतको प्रदेश अस्पताल, वीरेन्द्रनगर–सुर्खेतबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।
असार २९ गते सोमबार भएको सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले प्रदेश अस्पतालका कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा उपलब्ध गराउनेछ। साथै कर्मचारीहरूले सहुलियत दरमा बैंकका अन्य विभिन्न बैंकिङ सेवा तथा सुविधासमेत प्राप्त गर्नेछन्।
बैंकका अनुसार उक्त सम्झौताले अस्पतालका कर्मचारीलाई सहज र सहुलियतपूर्ण वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको हो। हाल बैंकले सातै प्रदेशका ७७ जिल्लामा फैलिएका ३१६ शाखा कार्यालयमार्फत कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित समय : १७:१७ बजे



















