global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभामा कानुनमन्त्रीले तीन आयोगका प्रतिवेदन प्रस्तुत गर्दै

प्रतिनिधिसभामा कानुनमन्त्रीले तीन आयोगका प्रतिवेदन प्रस्तुत गर्दै

प्रतिनिधिसभामा कानुनमन्त्रीले तीन आयोगका प्रतिवेदन प्रस्तुत गर्दै

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे देखी सुरू हुनेछ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय मानव अधिकार आयोगको अठारौं बार्षिक प्रतिवेदन, राष्ट्रिय सुचना आयोगको बार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको बार्षिक प्रतिवेदन’ पेश गर्नेछिन भने अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले ‘अर्थ सबन्धी केही नेपाल कानुनलाई संसोधन र खारेज गर्ने बिधेयक, २०८३ माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सबन्धी सन २०१४ को प्रोटोकल नम्बर २९ माथी सदनमा छलफल गरियोस्’ लगायत ४ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रकाशित समय : ०६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु