काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था

2.35K
shares

मोरङ। तपाइँका घरमा भर्खरै जन्मेका शिशु र गर्भवती महिला छन् छन् भने उनीहरु दुवैलाई १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोप लगाउन भुल्नुहोला ।

कोशी प्रदेश सरकारले तोकेका निश्चित स्थानबाट टिवी (क्षयरोग), भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, होमोफिलस इन्फ्लुएन्जा टाइप ‘बी’, पोलियो, दादुरा, रुबेला, जापानी इन्सेफ्लाइटिस, निमोनिया, रोटा भाइरस, टाइफाइड र पाठेघरको मुखको क्यान्सरविरुद्धका खोप निः शुल्क उपलब्ध गराउँदै आएको छ ।

लक्षित उमेर समूहका सम्पूर्ण बालबालिकाले राष्ट्रिय तालिकाअनुसार पाउनुपर्ने उक्त खोपहरु पाए नपाएको यकिन गर्ने काम स्थानीय सरकारको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशलाई पूर्णखोप सुनिश्चितता भए नभएको यकिन गरी कोशी प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा गरेका छन् ।

स्थानीय क्षेत्रमा छुट भएका १५ महिना उमेर समूहका १४ जिल्लामा पर्ने स्थानीय निकायका तीन हजार ७१२ जनालाई पूर्ण खोप प्रदान गरी कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरेका हृन ।