global ime bank Long Banner Ad

गृहपृष्ठ सुनसरीमा प्रहरी साझेदारीबाट २१ हजार नागरिक लाभान्वित

सुनसरीमा प्रहरी साझेदारीबाट २१ हजार नागरिक लाभान्वित

सुनसरीमा प्रहरी साझेदारीबाट २१ हजार नागरिक लाभान्वित

इनरुवा । सुनसरीमा चालु आर्थिक वर्ष २०८२/८३ मा समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजार ३९० नागरिक प्रत्यक्ष लाभान्वित भएका पाइएको छ ।

जिल्लामा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असार अन्तिमसम्ममा ६६५ समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएकामा त्यसबाट ती नागरिक लाभान्वित भएको प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए ।

जिल्लाका विभिन्न पालिका तथा स्थानीय तहमा समुदाय प्रहरी साझेदारी समिति गठन गरी लागूऔषध, साइबर अपराध, घरेलु तथा लैङ्गिक हिंसा, मानव बेचबिखन, बालविवाह तथा बाल यौन दुव्र्यवहारविरुद्ध ७२ विद्यालयमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमबाट चार हजार १८५ विद्यार्थी लाभान्वित भएको उनले जानकारी दिए ।

त्यसैगरी, लागूऔषधसम्बन्धी १८ विद्यालयमा सञ्चालन गरिएको कार्यक्रमबाट ९८२ जना तथा १०८ समुदायस्तरीय कार्यक्रममा तीन हजार ४४२ जना सहभागी भएको जानकारी दिइयो ।

प्रकाशित समय : १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु