global ime bank Long Banner Ad

गृहपृष्ठ आगामी तीन दिन साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

आगामी तीन दिन साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

आगामी तीन दिन साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका बाढीविद् विनोद पराजुलीका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी ९पूर्व र पश्चिम०, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली लगायतका जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ।

काठमाडौं उपत्यकासहित भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका क्षेत्रमा पनि आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागले जनाएको छ।

आजदेखि आगामी तीन दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागले नदी किनार, होचा भूभाग तथा बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी सूचनालाई निरन्तर पछ्याउन आग्रह गरेको छ।

प्रकाशित समय : १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु