global ime bank Long Banner Ad

गृहपृष्ठ पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध, यातायात सेवा ठप्प

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध, यातायात सेवा ठप्प

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध, यातायात सेवा ठप्प

बागलुङ। बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा लेदोसहितको पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अन्तर्गतको सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार पहिरोले सडकमा क्षति पुर्‍याएकाले उक्त क्षेत्रमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द भएको छ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि लगातार लेदोसहितको पहिरो बगिरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि बागलुङको दक्षिण क्षेत्रतर्फ सञ्चालन हुने सम्पूर्ण यातायात सेवा प्रभावित भएको छ। कोरिडोरको वैकल्पिक सडक नभएकाले सडक नखुल्दासम्म यात्रुहरू बीच बाटोमै रोकिनुपर्ने अवस्था रहेको छ।

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु