global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णालीमा पटक–पटक हुने विद्युत् अवरोध समाधान गर्न ‘यान्त्रिक क्रेन’ पठाइने

कर्णालीमा पटक–पटक हुने विद्युत् अवरोध समाधान गर्न ‘यान्त्रिक क्रेन’ पठाइने

कर्णालीमा पटक–पटक हुने विद्युत् अवरोध समाधान गर्न ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौं। सरकारले कर्णाली प्रदेशमा पटक–पटक हुने विद्युत् अवरोधको समस्या समाधान गर्न आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा नेपाल विद्युत् प्राधिकरणमार्फत कर्णाली प्रदेशका लागि यान्त्रिक क्रेन उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्री श्रेष्ठले दुई साताअघि सुर्खेतसहित तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनका क्रममा कर्णालीमा लाइन ट्रिपिङका कारण बारम्बार विद्युत् सेवा अवरुद्ध हुने र मर्मतका लागि आवश्यक यान्त्रिक क्रेनको अभाव रहेको जानकारी पाएका थिए। त्यसपछि काठमाडौं फर्केलगत्तै उनले आवश्यक उपकरण उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरेका थिए।

मन्त्रालयका अनुसार आवश्यक प्रक्रिया र सर्भिसिङ पूरा भएपछि नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन कर्णाली प्रदेशमा पठाइनेछ।

मन्त्री श्रेष्ठले यस निर्णयले विद्युत् सेवा अवरुद्ध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनुपर्ने बाध्यता अन्त्य हुने, मर्मत कार्य छिटो सम्पन्न हुने तथा विद्युत् सेवा थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्। साथै, सार्वजनिक सेवामा देखिएका व्यवहारिक समस्या समाधानका लागि सरकार निरन्तर सक्रिय रहेको उनले बताएका छन्।

प्रकाशित समय : ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु