गृहपृष्ठ आजको राशिफल : वि.सं. २०८३ असार २७ गते, शनिबार
आजको राशिफल : वि.सं. २०८३ असार २७ गते, शनिबार
काठमाडौं। आज वि.सं. २०८३ असार २७ गते शनिबार, ई.सं. २०२६ जुलाई ११, नेपाल संवत् ११४६ तछलागा एकादशी, असार कृष्ण एकादशी परेको छ। पञ्चाङ्गअनुसार आज गण्ड योग, बालव करण तथा कृत्तिका नक्षत्र रहेको छ। चन्द्रमा वृष राशिमा र सूर्य मिथुन राशिमा रहेका छन्। आज वैष्णवहरूको योगिनी एकादशी व्रत तथा विश्व जनसंख्या दिवस पनि परेको छ।
आज नेपालमा सूर्योदय बिहान ५:१६ बजे र सूर्यास्त साँझ ७:०१ बजे हुनेछ।
कुनै महत्त्वपूर्ण कार्यका लागि बाहिर निस्कनुपरे तिलको दाना खाएर जुनसुकै दिशातर्फ यात्रा गर्दा शुभ फल प्राप्त हुने विश्वास छ। साथै, महत्त्वपूर्ण कार्यको शुभारम्भ वा शुभ यात्राका लागि आजको शुभ समय बिहान ६:१९ बजेदेखि ९:३६ बजेसम्म रहेको छ। यो समय नेपालको राष्ट्रिय समयअनुसार आधारित हो।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काम जोखिमपूर्ण देखिए पनि कार्यसम्पादन सहज हुनेछ। वरिष्ठ वा अनुभवी व्यक्तिको साथले आफ्नो क्षमता र प्रतिभा निखार्ने अवसर मिल्नेछ। मानसिक शान्तिको अनुभूति हुनेछ भने पार्टनरले तपाईंका भावनालाई राम्रोसँग बुझ्नेछन्। एकान्त स्थानमा बसेर मनका कुरा साटासाट गर्ने अवसर मिल्न सक्छ। पारिवारिक सम्बन्धमा सुमधुरता आउनेछ र साथीभाइको साथ तथा सहयोग प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जोखिम र चुनौतीले घेरेको समय भएकाले आर्थिक निर्णयमा विशेष सावधानी अपनाउनुहोस्। धेरै लोभ गर्दा मूलधन नै गुम्न सक्ने सम्भावना छ। सहकर्मीसँग समन्वय गरेर अघि बढ्नु लाभदायक हुनेछ। दबाबमा परेर गरिएको कामले भविष्यमा समस्या निम्त्याउन सक्छ। पार्टनरको चिन्तासँगै आफ्नो स्वास्थ्य र खुसीका लागि पनि समय छुट्याउनु आवश्यक छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज सफलता प्राप्त गर्ने राम्रो अवसर छ। साना कुरामा अल्झिनुभन्दा ठूला लक्ष्यमा केन्द्रित हुनु राम्रो हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ र सही निर्णय गर्न सके आर्थिक लाभ मिल्ने सम्भावना छ। मन कल्पना र भावनामा अलमलिन सक्छ। सामाजिक गतिविधिमा व्यस्त हुँदा प्रेमी वा प्रेमिकालाई समय दिन नसक्दा सामान्य मतभेद हुन सक्छ। छोटो यात्रा, पारिवारिक सम्पर्क तथा व्यापारिक गतिविधिबाट लाभ मिल्ने संकेत देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूका टिप्पणी वा आलोचनाले मन खिन्न बनाउन सक्छ। परिवारसँग भने सम्बन्ध सुमधुर रहनेछ। अध्ययन, अभिव्यक्ति र व्यक्तित्व विकासका लागि आजको दिन अनुकूल छ। कला, साहित्य र सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। रोकिएको धन प्राप्त हुने वा अप्रत्याशित आर्थिक लाभ हुने सम्भावना छ। स्थिर कारोबारबाट राम्रो प्रतिफल प्राप्त हुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाजुभाइ तथा आफन्तबीच तपाईंको प्रगति र सफलताको चर्चा हुनेछ। मेहनतको उचित मूल्याङ्कन हुनेछ। मर्मतसम्भार वा पुनर्निर्माणसम्बन्धी योजना बन्न सक्छ। अड्किएको धन फिर्ता आउने सम्भावना छ। पदोन्नति, नयाँ जिम्मेवारी वा स्वदेश–विदेश यात्राको अवसर प्राप्त हुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोस्। सानो असावधानीले सम्बन्धमा तनाव आउन सक्छ। प्रेम सम्बन्ध प्रगाढ बन्ने संकेत छ। सुखसुविधाका सामग्री वा उपकरण खरिदमा खर्च हुन सक्छ। व्यापारमा केही बाधा आउन सक्छ भने कानुनी विषय वा जरिवानाबाट पनि सावधान रहनुपर्ने देखिन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक तथा सामूहिक गतिविधिमा व्यस्तता बढ्नेछ। प्रेम सम्बन्धमा समयको अभावले सामान्य मतभेद हुन सक्छ। मन उत्साही र ऊर्जावान रहनेछ। छोटो दूरीका यात्रा सफल हुनेछन्। घरपरिवारसँगको सम्बन्ध राम्रो रहनेछ। साझेदारी तथा प्रविधि, खेलकुद र फलामसम्बन्धी व्यवसायबाट लाभ मिल्ने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारसँग समय बिताउने र नयाँ योजना बनाउने दिन हो। नयाँ व्यापार वा रोजगारी सुरु गर्न अनुकूल समय छ। सम्झौता वा करारबाट आर्थिक लाभ हुन सक्छ। जग्गाजमिन, पेट्रोलियम, प्लास्टिक तथा सञ्चार सामग्रीसम्बन्धी कारोबार लाभदायक रहनेछ। दाम्पत्य जीवन सुखद रहनेछ, तर पारिवारिक जिम्मेवारी बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जनसम्पर्क र नेटवर्किङबाट आम्दानीका नयाँ अवसर सिर्जना हुनेछन्। स्थिर सम्पत्ति वा सेयरमा लगानी गर्न सकिने समय छ। जिम्मेवारी सफलतापूर्वक पूरा हुनेछ। मान्यजनबाट प्रशंसा प्राप्त हुनेछ। धार्मिक तथा आध्यात्मिक ज्ञानले आत्मविश्वास र ज्ञान दुवै बढाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनोरञ्जनमा बढी समय बिताउँदा अध्ययन वा काम प्रभावित हुन सक्छ। आवश्यक परे शिक्षक वा साथीको सहयोग लिनु राम्रो हुनेछ। स्वास्थ्य सामान्य रहे पनि मानसिक चिन्ता बढ्न सक्छ। नयाँ व्यक्तिसँग परिचय बढ्नेछ। आफ्नो लक्ष्यप्रति सचेत र अनुशासित रहनु आवश्यक देखिन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कल्पना र भावनामा अल्झिनुभन्दा काममा ध्यान दिनु उपयुक्त हुनेछ। अधुरा काम पूरा गर्ने प्रयास गर्नुहोस्। पद, प्रतिष्ठा र सम्मान बढ्ने सम्भावना छ। पारिवारिक सुख प्राप्त हुनेछ। प्रेम सम्बन्धका लागि समय अनुकूल भए पनि महत्त्वपूर्ण कामलाई प्राथमिकता दिनु बुद्धिमानी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मेहनतअनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ। प्रभाव र प्रतिष्ठा बढ्ने समय छ। हतार, रिस र अहंकारबाट भने बच्नुपर्छ। व्यक्तिगत र पारिवारिक जिम्मेवारीबीच सन्तुलन मिलाउन सके विवादबाट टाढा रहन सकिनेछ। अध्ययन, सिर्जनात्मक कार्य तथा साहसिक गतिविधिमा सफलता प्राप्त हुने सम्भावना छ।
प्रकाशित समय : ०६:११ बजे


















