global ime bank Long Banner Ad

गृहपृष्ठ प्रमको तर्फबाट कानुनमन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक’ प्रस्तुत गर्ने

प्रमको तर्फबाट कानुनमन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक’ प्रस्तुत गर्ने

प्रमको तर्फबाट कानुनमन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक’ प्रस्तुत गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन, सिंहदरबारमा बस्ने बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/८२’ पेश गर्नेछिन्।

यसैगरी, मन्त्री गौतमले नै प्रधानमन्त्री शाहको तर्फबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक प्रस्तुत गर्नेछिन्। उनले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ र संस्कृति, पर्यटनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित समय : ०६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु