गृहपृष्ठ सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० र चाँदी २५० ले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ ।
बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य चार हजार ४८५ मा कारोबार भएको थियो । मंगलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी चार हजार ५९० मा खरिद बिक्री भएको थियो । अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।
प्रकाशित समय : ११:३७ बजे



















