global ime bank Long Banner Ad

गृहपृष्ठ बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक

बाजुराका सबै स्थानीय तहको  बजेट सार्वजनिक

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३र८४ का लागि बुधबार बजेट प्रस्तुत गरेका छन् ।

उक्त निकायले सदरमुकाम मार्तडीमा शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड दिँदै बजेट नगर तथा गाउँसभामा सार्वजनिक गरेका हुन् ।

बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले आव २०८३÷८४ का लागि ५१ करोड ६९ लाख १९ हजारको बजेट सभामा प्रस्तुत गर्ेकि छिइन ।

बुढीगङ्गा नगरपालिकाकी उपप्रमुख माया खड्का (कुँवर) ले आव २०८३÷८४ का लागि ५६ करोड ५७ लाख १४ हजार बजेट सभामा पेस गरिन ।

त्रिवेणी नगरपालिकाले ५४ करोड ९५ लाख ७२ हजारको बजेट सभामा प्रस्तुत गर्े ।

सभामा नगर उपप्रमुख कमलाकुमारी जैशी (न्यौपाने) ले चालुतर्फ ३५ करोड १८ लाख ४४ हजार र पुँजीगततर्फ रु १९ करोड ७७ लाख २८ हजार बजेट जाहेर गर्ेकि हुन ।

बुढीनन्दा नगरपालिकाले पनि ५७ करोड छ लाख ९६ हजार बजेट सभामा प्रस्तुत गर्ेको छ ।

नगर उपप्रमुख रामबहादुर बोहराले चालुतर्फ ३७ करोड ९४ लाख ४८ हजार र पुँजीगततर्फ १९ करोड, आठ लाख ४८ हजार विनियोजन गर्े ।

हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकला सार्कीले आव २०८३र८४ का लागि ४३ करोड ६८ लाख ३९ हजार बजेट पेस गरिन ।
उनले पुँजीगततर्फ १८ करोड एक हजार र चालुतर्फ २५ करोड ६८ लाख २१ हजार प्रस्तुत गरेकि हुन।

स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी (बुढा) ले ४४ करोड १६ लाख दुई हजार बजेट गाउँसभामा प्रस्तुत गर्ेकि छन ।

जगन्नाथ गाउँपालिकाले ३८ करोड ६३ लाखको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले चालुतर्फ २३ करोड ६८ लाख १० हजार ५०० र पुँजीगततर्फ १४ करोड ९४ लाख ९० हजार ५०० विनियोजन गरेको छ ।

खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवीनाथले आव २०८३÷८४ का लागि सभामा रु ५३ करोड १५ लाख ६९ हजारको बजेट पेस गर्े ।

गौमूल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले आव २०८३÷८४ का लागि रु ४० करोड ३१ लाख २९ हजार बजेट गाउँसभामा प्रस्तुत गरिन ।

थापाले गाउँसभामा चालुतर्फ रु २८ करोड ६० लाख २७ हजार र पुँजीगततर्फ ११ करोड ७१ लाख दुई हजारको बजेट पेस गर्ेकि हुन ।

सभामा प्रस्तुत गरिएका सबै स्थानीय तहका बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन लगायतमा जोड दिइएको छ ।

 

प्रकाशित समय : ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु