global ime bank Long Banner Ad

गृहपृष्ठ ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड

ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड

ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड

काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको नवौँ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त बजेट वक्तव्य प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेट चालू आर्थिक वर्षको कुल विनियोजित बजेट ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको हाराहारीमा नै रहेको छ । सीमित स्रोत र साधनका बिच नगरवासीको बढ्दो अपेक्षा र बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको उपप्रमुख बज्राचार्यले बताइन् ।

पुँजीगत ४ अर्ब २३ करोड र चालु ३ अर्ब २५ करोड
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन गरेको कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६।६ प्रतिशत र चालु खर्चतर्फ ४३।४ प्रतिशत रकम विनियोजन गरेको छ ।

महानगरपालिकाले चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको छ, जुन चालू आर्थिक वर्षको तुलनामा करिब २८ करोड रुपैयाँ ९९ प्रतिशत० ले बढी हो । कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता र सामाजिक सुरक्षा भत्ता जस्ता अनिवार्य दायित्वका कारण चालु खर्च बढेको महानगरले जनाएको छ ।

त्यसैगरी पुँजीगत खर्चतर्फ आगामी वर्षका लागि ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ । सङ्घीय र प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा कम बजेट प्राप्त भएकाले गत वर्षको तुलनामा पुँजीगत खर्च ६ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि आन्तरिक स्रोत र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानलाई मुख्य वित्तीय आधार बनाइएको छ । महानगरले सार्वजनिक गरेको आय अनुमान अनुसार सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त र समपूरक अनुदान गरी कुल १ अर्ब ३६ करोड ५३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण छ ।

महानगरको आन्तरिक आय, मालपोत रजिस्ट्रेसन शुल्क र मनोरञ्जन कर आदिबाट ३ अर्ब ३५ करोड ५० लाख रुपैयाँ सङ्कलन हुने र अपुग हुने १ अर्ब ४७ करोड रुपैयाँ नगद मौज्दातबाट बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

प्रकाशित समय : २१:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु