global ime bank Long Banner Ad

गृहपृष्ठ कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट

कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट

कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै आज आर्थिक वर्ष २०८३र०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाको १९औँ नगरसभामामा सो नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ेका हुन । उपमहानगरपालिकामा उपप्रमुखको पद रिक्त रहेको छ ।

नीति, कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरपालिकाका प्रमुख विष्टले प्रसिद्ध बागेश्वरी मन्दिर, निर्माणाधीन १०८ फिटे हनुमान मूर्तिलगायका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई समेटी धार्मिक पर्यटनको प्रवर्द्धन गर्न भारतको अयोध्या नगरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गरिने उल्लेख गरे । उनले नीति, कार्यक्रममा उपमहानगरपालिकामा रहेका कान्ति ताल, वाटरपार्क, रानी तलाउको संरक्षणलाई जोड दिँदै फुटाहा तालको स्तरोन्नति र धोबी घाटको संरक्षण कार्यलाई अघि बढाइने बताए ।

प्रमुख विष्टले सिँचाइ, उन्नत बीउ र मलको सहज उपलब्धता सुनिश्चित गरी कृषि उत्पादनको बजारीकरणका लागि व्यवस्थित तरकारी तथा फलफूल बिक्री केन्द्र स्थापनामा जोड दिँदै पुष्पखेती, सामूहिक खेती र लिज खेतीजस्ता व्यावसायिक खेती प्रणालीलाई प्रोत्सहन गरी कृषि क्षेत्रलाई आत्मनिर्भर र आकर्षक पेसाका रूपमा विकास गरिने बताए ।

उपमाहानगरभित्र बसेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी बसोबास गरिरहेका क्षेत्रको नक्साङ्कन कार्यलाई निरन्तरता दिँदै उपमहानगरपालिकालाई शैक्षिक हबका रूपमा विकास गर्न नगर शिक्षा योजना अद्यावधिक, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकको समयानुकूल परिमार्जन र शैक्षिक सुशासनका लागि विद्यालय अनुगमन तथा सुपरिवेक्षणमा जोड दिइएको उनले उल्लेख गर्े ।

यसबाहेक उद्योग, व्यापार तथा व्यवसाय, श्रम रोजगार तथा गरिबी निवारण, स्वास्थ्य तथा पोषण, शिक्षा, महिला बालवबालिका तथा सामाजिक समावेशीकरण, आवास, भवन तथा बस्ती विकास, भौतिक पूर्वाधार तथा यातायात, विद्युत् तथा ऊर्जा, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, सुशासन तथा सेवा प्रवाह, राजस्व तथा स्रोत परिचालनलगायतका विषयमा नीति, कार्यक्रम र बजेट तर्जुमा गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख विष्टले आर्थिक वर्ष २०८३र०८४ का लागि कूल रु एक अर्ब ७६ करोड ६४ लाख ८३ हजार बराबरको आय तथा व्यय बजेट प्रस्तुत गर्े ।

 

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु