global ime bank Long Banner Ad

गृहपृष्ठ ‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

इनरुवा । जिल्लाको हरिनगर गाउँपालिका – ३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गरेको छ । उनले करिब आठ लाख लागतमा खेती सुरु गरेको हो ।

मेहताका अनुसार एक लाख ५६ हजार बिरुवामा मात्रै खर्च भएको छ । बाँकी खर्च पिलर, टायररहोल्डर, कम्पोष्ट मल, सुडामोनस, खाद्य, रोपाइँ तथा तीन पटकसम्मको सिँचाइ, मजदुरको ज्यालालगायतमा खर्च भएको मेहताले जानकारी दिए । “खेती सुरु गर्दा आम्दानीभन्दा खर्च बढी थियो । अहिले आम्दानी हुन थालेपछि उत्साहित भएको छु”, उनले भने ।

परम्परागत खेती छाडेर व्यावसायिक रूपमा ड्रागनखेती गरेकामा यस वर्ष पाँच कट्ठामा रोपिएका बिरुवाबाट रु १२ लाखभन्दा बढी आम्दनी हुने लक्ष्य लिएको मेहताले बताए । सुरुआती लगानी र मेहनतपश्चात् अहिले उनले उत्साहजनक प्रतिफल प्राप्त गरिरहेको छ ।

प्रतिकट्ठा करिब एक हजार ४०० किलो ड्रागन फ्रुट उत्पादन हुने लक्ष्य रहेको मेहताले बताए । अन्नबालीमा मात्र सीमित रहने यस क्षेत्रका कृषकका लागि रामेश्वर मेहताको यो व्यावसायिक खेती एउटा अनुकरणीय र प्रेरक उदाहरण बनेको छ ।

कम मेहनत र राम्रो बजार भाउ पाउने भएपछि स्थानीयस्तरमा यसको खेतीतर्फ अन्य कृषकको आकर्षण बढ्न थालेको छ । यस खेतीबाट प्रशस्त आम्दनी आउन थालेपछि खेती विस्तार गर्ने तयारी थालेको किसान मेहताले बताए ।

जिल्लामा ५० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुटखेती हुँदै आएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले जानकारी दिए । उनका अनुसार जिल्लामा १२ दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर ड्रागन फ्रुट उत्पादन हँुुदै आएको छ ।

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु