global ime bank Long Banner Ad

गृहपृष्ठ फेदापमा याक्थुङ मुन्धुम, सभ्यता, इतिहास र भाषाबारे भेला

फेदापमा याक्थुङ मुन्धुम, सभ्यता, इतिहास र भाषाबारे भेला

फेदापमा याक्थुङ मुन्धुम, सभ्यता, इतिहास र भाषाबारे भेला

तेह्रथुम। तेह्रथुमको फेदाप गाउँपालिकामा आदिवासी याक्थुङ ९लिम्बू० मुन्धुम, सभ्यता, इतिहास तथा भाषासम्बन्धी भेला सुरु भएको छ ।

फेदाप गाउँपालिकाको आयोजना तथा नेपाल आदिवासी जनजाति महासङ्घ, फेदाप गाउँपालिका समिति, तेह्रथुमको व्यवस्थापनमा शुक्रबारदेखि सुरु भएको चुम्लुङ आज साँझसम्म सञ्चालन हुनेछ । चुम्लुङमा फेदाप क्षेत्रका लिम्बू समुदायका विभिन्न थरीका प्रतिनिधिहरू सहभागी रहेका छन् ।

चुम्लुङमा लिम्बू समुदायको मुन्धुम, सभ्यता, इतिहास, भाषा तथा भाषिक विविधताका विषयमा छलफल भइरहेको फेदाप गाउँपालिकाकी उपाध्यक्ष सुनिता पाहिमले बताइन्।

लिम्बू समुदायभित्र फेदापे, पान्थरे, छथरे र तम्बरखोले गरी चार प्रमुख भाषिका प्रचलनमा रहेका छन् । तेह्रथुमको फेदाप क्षेत्रमा फेदापे तथा छथर क्षेत्रमा छथरे भाषिका बोलिन्छ भने पाँचथरमा पान्थरे र ताप्लेजुङमा तम्बरखोले भाषिका प्रयोग हुने गरेको छ ।

सहभागीहरूले हालसम्म पान्थरे भाषिकामा मात्र पाठ्यक्रम विकास गरिएकाले अन्य भाषिका बोलिने क्षेत्रमा भाषा शिक्षणमा समस्या भइरहेको बताएका छन् । स्थानीय तहहरूले भाषा संरक्षणका लागि विद्यालयमा पठनपाठन सञ्चालन गरिरहेका भए पनि भाषागत भिन्नताका कारण शिक्षण–सिकाइमा चुनौती देखिएको उनीहरूको भनाइ छ । भेलाको सहजीकरण विषयविज्ञ अनुसन्धाता तथा मुन्धुमविद् डिबी आङ्बुङले गरिरहेका छन् ।

लिम्बूवान क्षेत्रका विभिन्न थुम ९डाँडा तथा भौगोलिक क्षेत्र० अनुसार भाषिकामा विविधता देखिने भएकाले स्थानीय भाषिकामै पाठ्यक्रम निर्माण गर्नुपर्ने विषयमा छलफल भइरहेको व्यवस्थापन समितिका अध्यक्ष शिव कुरुम्बाङले बताए।

फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले स्थानीयस्तरकै भाषिकामा पाठ्यपुस्तक निर्माणका लागि गाउँपालिका सकारात्मक रहेको बताए।

हालसम्म पान्थरे भाषिका तुलनात्मक रूपमा परिष्कृत मानिएकाले लिम्बू भाषाका पाठ्यपुस्तक सोही भाषिकामा तयार गरिएका छन् । चुम्लुङमा लिम्बू समुदायका धार्मिक तथा सांस्कृतिक ग्रन्थ ‘मुन्धुम’सम्बन्धी विषयमा पनि चर्चा भइरहेको छ । फेदापको पोक्लाबाङ क्षेत्र सातरेनुहाङ तथा १९ थरी लिम्बू समुदायसँग सम्बन्धित महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थल भएकाले यसको संरक्षणका विषय समेत उठाइएका छन् ।

फेदाप गाउँपालिकाले लिम्बू भाषा, लिपि तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि वार्षिक रु १८ देखि २० लाखसम्म बजेट विनियोजन गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

चुम्लुङका सहभागीहरूले भाषा, संस्कार, संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा स्थानीय तहले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा धरानबाट आएका प्रवेग हाङ्स्रोङले बताए।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु