गृहपृष्ठ अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक– सभापति बाँस्कोटा

अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक– सभापति बाँस्कोटा

अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक– सभापति बाँस्कोटा

काठमाडौँ । कानुन, न्याय तथ मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले वैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी कामदारको हकअधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताए ।

आप्रवासी कामदारको एचआइभी एड्स तथा प्रजनन् स्वास्थ्य सञ्जाल नेपालद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा  आप्रवासी कामदारलाई कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्ने विषयमा तीन तहका सरकारबीच समन्वयको खाँचो रहेको बताए।

वैदेशिक रोजगारीमा गएका कामदारको स्वास्थ्यावस्था, सामाजिक सुरक्षा, सीप विकास, तथा उद्धारका काम राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै सभापति बाँस्कोटाले आप्रवासी कामदारको हक, अधिकार र सुरक्षा सुनिश्चित गर्न सबैपक्षले एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिइन।

उनले मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि प्रतिबद्धता व्यक्त गर्दै विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार तथा सकुशल फिर्ताका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरिन।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु