काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की

2.12K
shares

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन यथाशक्य छिटो हुने बताभएको छ ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आज आयोजित कार्यक्रममा उहाँले यही असारभित्र प्रतिष्ठानका पदाधिकारी नियुक्ति र लोककल्याणकारी विज्ञापनसम्बन्धी व्यवस्थालाई व्यवस्थित तुल्याइने प्रतिबद्धता व्यक्त गरे ।

सरकारलाई विज्ञापन र सूचना सबै सञ्चारमाध्यमलाई समानरुपमा उपलब्ध गराउन आग्रह गर्दै उनले यसबारे सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउन  महासङ्घलाई सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सरकारी सूचना, विज्ञापन सबैखाले सञ्चारमाध्यमले प्राप्त गर्नुपर्नेमा जोड दिए ।