global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र

लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र

लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशका विपन्न दलित समुदायका घर परिवारलाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने कानुन निर्माण भएको छ ।

लुम्बिनी प्रदेश सरकारले बनाएको दलित अधिकार ऐनमा सो कुराको व्यवस्था गरिएको छ । खाद्य सहायता परिचयपत्रका आधारमा यसरी सामग्री उपलब्ध गराउने ऐनमा उल्लेख रहेको छ ।

त्यस्तै प्रदेश सरकार र सरकार मातहतका सबै संरचनामा दलित महिला, मधेसी दलित महिला, विपन्न दलित र सबै दलित समुदायको सन्तुलन मिलाई समानुपातिक वितरण गरिने विषयसमेत ऐनमा उल्लेख छ ।

त्यस्तै आवासविहीन दलित समुदायको व्यक्ति वा परिवारलाई प्रचलित कानुनबमोजिम आवासको व्यवस्था मिलाउने, दलित समुदायको विद्यार्थीलाई अनिवार्य, निःशुल्क र छात्रवृत्तिसहित शिक्षाको व्यवस्था गर्ने, विद्यालय र विश्वविद्यालयको छात्रावासमा दलित विद्यार्थीलाई कम्तीमा १८ प्रतिशत सिट सुनिश्चित गर्ने ऐनमा उल्लेख छ ।

त्यस्तै दलित विद्यार्थी सङ्ख्याको कम्तीमा १५ प्रतिशत सिट दलित विद्यार्थीलाई छुट्याउने, दलित समुदायको परम्परागत पेसा संरक्षणका लागि अनुदान र सहुलियत ऋण उपलब्ध गराउने तथा दलित समुदायको हक अधिकारका लागि दलित अधिकार विकास समिति र स्थानीय दलित विकास समिति गठन गर्ने ऐनमा उल्लेख रहेको छ ।

यो ऐन निर्माण गरेर लुम्बिनी प्रदेशमा नयाँ सन्देश दिइएको लुम्बिनी प्रदेशसभाका सामाजिक विकास समिति सभापति यमबहादुर नेपालीले बताए । उनका अनुसार ऐन बनिसकेकाले अब नियमावली बनाएर कार्यान्वयनको चरणमा लैजाने तयारी रहेको छ । “ऐन बनिसक्यो, यो सबै प्रदेशभन्दा नयाँ काम हामीले गरेका छौँ”, उनले भने “अब आगामी वर्षका लागि केही बजेट पनि विनियोजन हुन्छ, त्यसलाई नियमावली बनाएर कार्यान्वयनमा लैजाने हाम्रो तयारी छ ।” यो लुम्बिनी प्रदेशका लागि नविनतम अभ्यास रहेको समेत उनको भनाइ छ ।

प्रकाशित समय : ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु