गृहपृष्ठ लागुऔषधसहित ३३ जना पक्राउ
लागुऔषधसहित ३३ जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट आठ, ललितपुरबाट छ, जुम्लाबाट चार, सुर्खेतबाट तीन, मोरङ, सिन्धुपाल्चोक, तनहुँ, रुपन्देही र बाँकेबाट दुई÷दुई तथा सिरहा र कैलालीबाट एक÷एक जना पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुबाट लागुऔषध खैरोहेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, प्रोमेथाजाइन, स्पास्मो र ट्रामाडोल बरामद गरेको छ ।
प्रकाशित समय : ११:५१ बजे



















