global ime bank Long Banner Ad

गृहपृष्ठ स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट

स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट

स्वास्थ्यमन्त्री मेहता र  संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच  भेटघाट

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक लीला पेइटर्स बीच आज काठमाण्डौँमा भेटघाट भएको छ ।

भेटका क्रममा संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ०, संयुक्त राष्ट्र विकास कार्यक्रम (युनडिपी) लगायत संस्थाहरुद्वारा नेपाललाई भइरहेको सहयोगको बारेमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

भेटका क्रममा सरकारका शासकीय सुधारका १०० बुँदे प्राथमिकता, दीगो विकास लक्ष्य, युनिभर्सल हेल्थ कभरेज, जलवायु परिवर्तन, खाद्य स्वच्छता, स्वास्थ्य बिमा, डिजिटलाइजेसन, टेलिमेडिसिनलगायतका विषयमा छलफल भएको छ ।

प्रकाशित समय : १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु