global ime bank Long Banner Ad

गृहपृष्ठ कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक

कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक

कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक

काठमाडौं । सामाजिक अभियन्ता तथा शिक्षाविद सोनम वाङचुक शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् ।

प्रारम्भिक जानकारीअनुसार उनी आन्दोलनकारीहरूसँगै आन्दोलनमा सहभागि भएको देखिएका हुन् । यद्यपि, कार्यक्रममा उनले दिएको विस्तृत अभिव्यक्ति वा आन्दोलनको उद्देश्यबारे थप आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

यस विषयमा थप आधिकारिक जानकारी सार्वजनिक भएपछि आन्दोलनको उद्देश्य र वाङचुकको भूमिकाबारे थप विवरण स्पष्ट हुने अपेक्षा गरिएको छ ।

भारतमा नीटयूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘धर्मेन्द्र प्रधान इस्तीफा दो र हामीले ‘मेक इन इन्डिया’ माग्यौं, तपाईंहरूले ‘लिक इन इन्डिया’ दिनुभयो’ जस्ता नाराहरू लगाएका छन् ।

सीजेपीका संस्थापक अभिजित दिपके अमेरिकाको बोस्टनबाट दिल्ली पुगेर आन्दोलनको नेतृत्व गरिरहेका छन् । दिल्ली विमानस्थलमा उनी भारतीय संविधानका निर्माता डा. भीमराव अम्बेडकरसँग सम्बन्धित पुस्तक बोकेको अवस्थामा देखिएका थिए । एएनआई

प्रकाशित समय : १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु