global ime bank Long Banner Ad

गृहपृष्ठ ‘वल्र्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेका लागि काठमाडौं आइपुगे टेरेन्स लुइस

‘वल्र्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेका लागि काठमाडौं आइपुगे टेरेन्स लुइस

‘वल्र्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेका लागि काठमाडौं आइपुगे टेरेन्स लुइस

काठमाडौं । विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वल्र्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले आज(शनिबार)हुँदैछ ।

साँझ हुने ‘वल्र्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेमा सहभागी हुन भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइस काठमाडौं आइपुगेका हुन् ।

उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वल्र्ड अफ डान्स नेपाल’का कलात्मक निर्देशक जेडी तमु, राष्ट्रिय निर्देशक रोशन गहतराज लगायतको आयोजक टोलीले भव्य स्वागत समेत गरेका छन् ।

देशका विभिन्न पाँच सहरहरू (नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौं र इटहरी) मा सम्पन्न अडिसनबाट छानिएका उत्कृष्ट प्रतिभाहरूले आजको ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितालाई अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन गरी चार भागमा विभाजन गरिएको छ ।

प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार र २४ क्यारेट सुनको जलप लगाइएको ट्रफी प्राप्त गर्नेछन् ।

यस प्रतियोगिताको सबैभन्दा ठुलो आकर्षण भनेको विजेताले विश्व मञ्चमा नेपालको अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्न पाउने अवसर हो । अमेरिकी दूतावासको समेत विशेष चासो र सहकार्य रहेको यस कार्यक्रमलाई लिएर नेपाली कला क्षेत्रका दिग्गज व्यक्तित्वहरूले उत्साह व्यक्त गरेका छन् ।

प्रकाशित समय : १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु