गृहपृष्ठ विश्व वातावरण दिवसको अवसरमा चौथो सांग्रिला साइकल र्याली आयोजना हुने
विश्व वातावरण दिवसको अवसरमा चौथो सांग्रिला साइकल र्याली आयोजना हुने
काठमाडौं, असार ३ – वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले चौथो संस्करणको सांग्रिला साइकल र्याली आयोजना गर्ने भएको छ। विश्व वातावरण दिवसको अवसरमा आयोजना हुँदै आएको र्याली यस वर्ष जेठ २३ गते शनिबार सञ्चालन गरिने भएको छ।
र्याली काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनबाट बिहान ७ बजे सुरु हुनेछ। निर्धारित मार्गअनुसार र्याली दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल र जैन भवन हुँदै सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार पुगेर पुनः एलिस रिसेप्सन, गैरीधारामा समापन हुनेछ।
आयोजकका अनुसार र्यालीमा सहभागी हुन इच्छुक व्यक्तिहरूले अनलाइन तथा मोबाइलमार्फत नाम दर्ता गराउन सक्नेछन्। कार्यक्रममा सहभागीमध्ये एक जनालाई गोलाप्रथामार्फत आकर्षक साइकल प्रदान गरिनेछ भने अन्य विभिन्न उपहारहरूको समेत व्यवस्था गरिएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै साइकलमैत्री शहर निर्माणको अभियानलाई सहयोग पुर्याउने उद्देश्यले विगतमा पनि तीन संस्करणका साइकल र्याली सफलतापूर्वक आयोजना गरिसकेको जनाएको छ। बैंकले यस वर्षको र्यालीमा पनि वातावरणप्रेमी तथा साइकल संस्कृतिको प्रवर्द्धनमा चासो राख्ने सबैलाई सहभागी हुन आग्रह गरेको छ।
बैंकले हाल देशभर १०९ शाखा कार्यालय तथा ३० एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तरता दिँदै सेवाको पहुँच थप विस्तार गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ
प्रकाशित समय : १७:१५ बजे



















