काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब दुई अर्ब बजेट विनियोजन

2.04K
shares

काठमाडौँ । सरकारले आगामी वर्ष २०८३/८४ वर्षका लागि स्वास्थ्य क्षेत्रमा एक खर्ब एक अर्ब ९५ करोड विनियोजन गरिएको छ ।

सङ्घीय संसद्को सयुक्त बैठकमा आज आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा एक खर्ब एक अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताए ।

उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रममा १५ अर्ब बजेट विनियोजन गरेको छ । विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निःशुल्क औषधिलगायत स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रममा लागि १३ अर्ब १५ करोड विनियोजन गरिएको अर्थमन्त्री डा वाग्लेले बताए ।

कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत दुर्गम क्षेत्रमा ‘टेलिमेडिसिन’ सेवा विस्तार गरिने छ । ‘भिडियो कल्सल्टेसन’ मार्फत विशेष स्वास्थ्य सेवा सुनिश्चित गर्ने मन्त्री डा वाग्लेले उल्लेख गरे ।