गृहपृष्ठ एक हजार ५१ संस्थाको पुनर्निर्माण
एक हजार ५१ संस्थाको पुनर्निर्माण
काठमाडौँ । आर्थिक सर्वेक्षण २०७२/७३ अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका एक हजार १३६ स्वास्थ्य संस्थामध्ये २०८२ फागुनसम्म एक हजार ५१ संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ ।
निजी आवास पुनर्निर्माणतर्फ २०८२ फागुनसम्म आठ लाख ३५ हजार १८५ लाभग्राहीको पहिचान गरिएकामध्ये आठ लाख ३४ हजार ३०३ लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन् ।
त्यसैगरी सात लाख ७० हजार ८३८ लाभग्राहीले दोस्रो किस्ता तथा सात लाख ४३ हजार ९८७ लाभग्राहीले अन्तिम किस्ता पाएका छन् ।
सर्वेक्षणअनुसार हालसम्म सात लाख ७३ हजार ९८७ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ ।
यसैगरी जेनजी आन्दोलनबाट सहरी विकास तथा भवन निर्माण विभागको कार्यक्षेत्रभित्रका १२६ भवनमा सामान्य क्षति र १४४ भवनमा आंशिक वा पूर्णक्षति भएको थियो । क्षति भएका संरचनामध्ये सामान्य क्षतितर्फ ५८ संरचनाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ भने ६० संरचनाको निर्माण कार्य सुरु भइसकेको छ ।
प्रकाशित समय : १३:३१ बजे



















