global ime bank Long Banner Ad

गृहपृष्ठ सगरमाथा म्याराथनमा आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

सगरमाथा म्याराथनमा आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

सगरमाथा म्याराथनमा आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार

सोलुखुम्बु । सगरमाथा म्याराथनमा सहभागी हुन सोलुखुम्बु आएका एक अमेरिकी नागरिकलाई लेक लागेपछि प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङस्थित आमादब्लम होटलमा बसिरहेका अमेरिकी नागरिक अन्दाजी ४० वर्षीय अलेक्जेन्डर राइट (पासपोर्ट नं. A४७८५८०१७) बिहीबार दिउँसो अचानक बिरामी परेका थिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उनलाई उच्च हिमाली क्षेत्रमा हुने ‘लेक’ (Altitude Sickness) को समस्या देखिएपछि प्रहरी चौकी खुम्जुङबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र प्रसाद ढुङ्गानाको कमाण्डमा तीन सदस्यीय टोली खटिएको थियो ।

नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उनलाई उद्धार गरी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित खुन्दे अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । हाल उनको अवस्था सामान्य रहेको तथा बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
सगरमाथा क्षेत्र उच्च हिमाली भूगोलमा पर्ने भएकाले यहाँ आउने विदेशी पर्यटक तथा आरोहीमा लेक लाग्ने समस्या समय–समयमा देखिने गरेको छ ।

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु