global ime bank Long Banner Ad

गृहपृष्ठ दामोदरकुण्ड र गुरुङसाङ्वो पदमार्गमा झोलुङ्गे पुल निर्माण हुने

दामोदरकुण्ड र गुरुङसाङ्वो पदमार्गमा झोलुङ्गे पुल निर्माण हुने

दामोदरकुण्ड र गुरुङसाङ्वो पदमार्गमा झोलुङ्गे पुल निर्माण हुने

मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल दामोदरकुण्ड र थासाङ गाउँपालिकामा अवस्थित गुरुसाङ्वो गुफा जाने पदमार्गमा दुई वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।

अर्थ मन्त्रालयले यहाँका दुई धार्मिक स्थल पुग्ने पदमार्गका लागि बहुर्षीय योजनाका रुपमा बजेटको स्रोत सहमति गरेसँगै उक्त स्थानमा झोलुङ्गे पुल निर्माण हुने पक्का भएको हो ।

समुन्द्री सतहको चार हजार ८८० मिटरको उच्च उचाइमा अवस्थित प्रसिद्ध धार्मिक दामोदरकुण्ड जाने पदमार्गअन्तर्गत भर्सा  खोलामा झोलुङ्गे पुल निर्माण गर्नका लागि अर्थ मन्त्रालयले १८ करोड ५३ लाख बढी स्रोत सहमति सुनिश्चित गरेको संस्पेस्सन ब्रिज डिभिजन कार्यालयका इन्जिनियर गोपालबहादुर थापाले जानकारी दिए । उनले चालु वर्षमा ठेक्का प्रक्रियाको काम अघि बढाइने बताए ।

उनका अनुसार थासाङ गाउँपालिका–२ को गुरुसाङ्वो गुफा जाने नारिकोट–गुरुसाङ्वो झोलुङ्गे पुलका लागि पनि अर्थ मन्त्रालयबाट ६ करोड एक लाख स्रोत सहमति भएको छ ।

सस्पेन्स डिभिजन कार्यालयका प्राविधिक इन्जिनियरसहितको टोली पुलको सर्वे गर्न उक्त स्थानमा पुगेको थियो । टोलीले गत वर्ष नै उक्त स्थानमा ४६० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण आवश्यकतासहित डिपिआर सर्वे प्रक्रिया सम्पन्न गरेको थियो ।

धार्मिक तीर्थस्थल दामोदरकुण्ड जाने पदमार्गको भर्सा खोलामा पुल निर्माणका लागि अघिल्लो सरकारले तीन करोड बजेट स्रोत सुनिश्चित गरेको थियो । कठिन भूगोलको चुनौतीपूर्ण यात्राको दूरी छोट्याउन तथा पदयात्रीको पैदलयात्रालाई सहज झोलुङ्गे पुल निर्माणले सहयोग पुग्ने लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङछोम्फेल विष्टले उल्लेख गरे । उहाँका अनुसार भर्सा खोलामा झोलुङ्गे पुल निर्माण भएमा नौ घण्टाको दूरी पाँच घण्टामै पूरा गर्न सकिने छ ।

यसैगरी, गुरु पद्मसम्भवले ध्यानसाधना गरेको गुरुसाङ्वो गुफा जाने पदमार्गअन्तर्गत नाउरिकोट-गुरुसाङ्वो झोलुङ्गे पुल निर्माणका लागि पनि अर्थ मन्त्रालयबाट बहुवर्षीय स्रोत सहमति भएको छ । नारिकोट-गुरुसाङ्वो गुफा जाने पदमार्गमा करिब ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न गत वर्ष डिपिआर सर्वे सम्पन्न गरिएको थियो । उक्त स्थानमा झोलुङ्गे पुल निर्माण भएमा करिब एक घण्टा बढीको ठाडो पैदल दूरी र आधा घण्टामा पूरा गर्न सकिने छ ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु