गृहपृष्ठ सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान
सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान
वीरेन्द्रनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी हुने बताएको छ ।
प्रेस सेन्टरले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०सँग मिलेर सरकार गठन गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारे ।
“मधेसवादी दलसहित सबै दलको सहमतिमा संयुक्त सरकार बनेमा मात्र हाम्रो दल सरकारमा जान्छ,” उनले भने, “कांग्रेस र एमालेबाट अलग–अलग सरकार निर्माणको प्रस्ताव आएको थियो त्यसलाई मैले अस्वीकार गरेको छु ।”
प्रकाशित समय : १२:०५ बजे



















