global ime bank Long Banner Ad

गृहपृष्ठ तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन् ।

स्वदेशमा नै केही गरौँ भनेर सामूहिक खेती थालिएको कृष्ण चौधरीले बताए। आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको बताए ।

हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा खेती गरिरहेको उनले जानकारी दिए ।

हाल आहाना, प्रतिकिलो ८० र स्विटहनी, सरस्वती, पुजा, दिव्या जातका तरबुजा प्रतिकिलो रु ५० का दरले गाउँमा नै बिक्री भइरहेको छ । गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ ।

तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उहाँहरूको योजना छ ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु